Friday, February 23, 2018

प्रधानमन्त्री ओलीको ६७ औं जन्मदिन

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी ओलीको ६७ औं जन्मदिनका अवसरमा उनको सरकारी निवास बालुवाटारमा केक काटिएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको जन्मदिनका अवसरमा शुक्रबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक शुरु हुनुअघि केक काटिएको हो ।

जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतले बालुवाटारमै पुगेर शुभकामना दिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...