Friday, February 23, 2018

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

काठमाडौं, फागुन ११ । सरकारले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाहकार थिए ।

रिमाल नेकपा एमालेको पोलिटब्यूरो सदस्यसमेत हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...