Saturday, February 17, 2018

बर्ष पुरानो गीतले यसरि नचायो दर्शकलाई -हेर्नुस् भिडियो सहित

पूर्ण नेपाली नेपालका एक बहुचर्चित कलाकार हुन् | पेसागत रुपमा संगीतकार तथा नृत्य प्रशिक्षकको उपनामले सर्जित उनी गायन कलामा पनि उतिकै अब्बल छन् | “आहा कलिलो तामालाई”, “सोह्र बर्से उमेरैमा”, “कास्की छोरि हौ” जस्ता बहुचर्चित लोकभाकामा स्वर तथा संगीत दिएका उनले देस तथा बिदेश गरि करिब ५०० भन्दा बडी ठाउमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका छन् |
 
बि.स. २०११ साल पौष १६ गते कास्की जिल्लाको पोखरा स्थित बाटुलेटारमा उनको जन्म भएको थियो | १५ वर्षकै कालिको उमेरमा आफ्नो कलाले कास्कीको स्थानीय बजार ओगट्न सफल उनी वि. स. २०२६ सालमा काठमाण्डौ प्रबेस गरेका थिए ।
 
आफ्नो जन्मस्थान कास्की जिल्लामा नै प्राथमिक शिक्षा हासिल गरेका उनले भारतको मध्येप्रदेश स्थित संगीत बिश्वबिद्यालयबाट स्नातक शिक्षा हासिल गरेका हुन् | यसका साथै उनले भारतमै कथक नृत्यमा डिप्लोमा हासिल गरेका थिए |
 
एक सांगेतिक कार्यक्रममा सहभागी हुन काठमाडौँ प्रवेस गरेका उनले काठमाण्डौलाई नै आफ्नो कर्मस्थल बनाए| बहुचर्चित गायक तथा संगीतकार स्व. गोपाल योञ्जन समिपमा आफ्नो कला प्रस्तुत गर्ने मौका पाएका उनले बिस्तारै उनीसंगै आफ्ना सांगेतिक यात्रा सुरु गर्ने सुनौलो अवसर पनि पाए | संगीतकार तथा नृत्य प्रशिक्षकको रुपमा कार्य गर्ने क्रममै उनले पूर्व राज परिवारका सदस्यहरुलाई समेत अद्यापन गराएका थिए |
 
यसक्रममा उनले पूर्व युवराज पारस बिर बिक्रम शाह, स्व. युवराज दिपेन्द्र बिर बिक्रम शाह, स्व.अधिराजकुमार निरञ्जन बिर बिक्रम शाह, स्व.अधिराजकुमारी स्व्रुती राज्य लक्ष्मी देवी शाह आदि लगायत अन्य राज परिवार सदस्यहरुलाई संगीत अद्यापन गराएका थिए |
 
उनै सर्जक तथा कलाकार पुर्ण नेपालीले ३५ बर्ष अगाडी गाएको गीत प्रत्येक्ष हेरेर मज्जा लिन यो भिडियो हेर्नुस्। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...