Thursday, February 1, 2018

महासमिति बैठक बोलाउन नेता कोइरालाको माग

विराटनगर, १८ माघ : नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गर्नुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले व्यापक रुपमा विधानमा संशोधन, संघीय संरचनामा कसरी जाने, क्षेत्र र जिल्लाको अधिकारका साथै क्रियाशील सदस्यतालगायत विषयका साथै महाधिवेशनको तिथि तोक्नुपर्ने भएकाले महासमितिको बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
लोक कल्याणकारी विचारले वृद्धभत्ता वितरणको आयु घटाइएको भए पनि राज्यले धान्न ‘सक्ने कि नसक्ने’ विषयमा विचार गरेर घोषणा गर्नुपर्ने भन्दै डा कोइरालाले यस प्रकारको निर्णयबाट आपूmलाई पनि असजिलो महसुस भएको धारणा प्रकट गर्नुभयो ।
पार्टीको सभापतिको उम्मेदवार हुने विषयमा पत्रकारका प्रश्नमा उहाँले राजनीति गर्ने व्यक्ति भएकाले इच्छा हुनु स्वाभाविक भए पनि कार्यकर्तासँग गहन छलफल गरेरमात्र बताउन सकिने स्पष्ट पार्नुभयो । वाम गठबन्धनकै सरकार बन्नुपर्ने उल्लेख गर्दै उहाँले जनताले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...