Sunday, February 18, 2018

एक साताभित्र पार्टी एकीकरण : नेता नेपाल

गौर, रौतहट, ६ फागुन : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताउनुभएको छ ।

रौतहटको गौरमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको हुलाकी राजमार्ग, काठमाडौँ तराई जोड्ने फाष्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बृद्धको जन्मभूमि लुम्बिनीमा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा निर्माण गरिने बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई अबिर, फुलमालासहित सम्मान गर्नुभएको थियो । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका व्यक्तिलाई नेता नेपालले अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...