Sunday, February 18, 2018

मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना

बुटवल, ६ फागुन: प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीनवटै तहको सरकार गठन भइसकेको अवस्थामा अब संविधान र सरकारप्रति जनविश्वास बढाउनाका साथै सरकार जनताको घरदैलोमा पुग्ने वातावरण तयार भएको बताउनुभएको छ ।

अठसठृीऔँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज प्रदेशका जनतालाई दिनुभएको शुभकामना–सन्देशमा मुख्य मन्त्री पोखरेलले एकात्मक राज्यको अभ्यासलाई सङ्घात्मक ढाँचामा विकास गर्ने र आञ्चलिक मनोविज्ञानलाई साझा प्रादेशिक मनोविज्ञानका रूपमा विकास गरी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउनुपर्ने यस चुनौतीपूर्ण घडीमा सबै राजनीतिक दल, संघसंस्था, राष्ट्रसेवक कर्मचारीहरू र आमनागरिकमा समेत एकजुट भई प्रदेशको समुन्नति र समृद्विका लागि हातेमालो गर्दै अघि बढ्न हार्दिक अपिल गर्नु भएको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...