Tuesday, February 27, 2018

पारस शाह किन दुब्लाए ? मन्दिरमा बिहेको रौनक झै पुगेका पारसलाई देखेर सबै छक्क (भिडियो)

पूर्व युवराज पारस शाहलाई बिहानै काठमाडौंको टेकुमा रहेको पचली भैरवमा देख्नेहरु छक्क परे । उनलाई देखेर भन्दा पनि उनको शरिर देखेर छक्क परेका हुन् । मोटाघाटा पारस दुब्लाएर चिन्न नसक्ने जस्तो देखिएका थिए । टोपी र दौरा सुरुवालसहितको पहिरनमा उहाले पचली भैरवमा पूजा गर्नुभएको हो । काठमाडौं १२ वडाका राष्ट्रवादी समूहको आयोजनामा पारसलाई टेकुमा रहेको पचली भैरवमा पूजाका लागि निमन्त्रणा गरिएको थियो । बिहान ११ बजेपछि आएका पारसलाई मन्दिर परिसरमा रातो कार्पेट बिछ्याई, पन्चेबाजा बजाई  स्वागत गरिएको थियो। । उहाका समर्थकहरुले पारस आऊ देश बचाऊको नारा लगाएका थिए । समर्थकहरुले राजदण्ड र पारसको फोटोसहितको ब्याच बनाएर बाँडेका थिए । यसअघि माघ १६ गते पारस शाह पशुपति मन्दिरमा पूजाआजाका लागि गएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...