Tuesday, February 27, 2018

गायक सुरज दुतराज र गायिका मुना कार्किको ”छाडि गयौ जव” भिडियो सहित

गायक सुरज दुतराज र गायिका मुना कार्किको ”छाडि गयौ जव” भिडियो सहित
विराटनगर, फागुन १५
देवि म्युजिक सोलुसनको  प्रस्तुतिमा सुरज दुतराज र गायिका मुना कार्किको निकै उत्कृष्ट लोकभाका  ”जब छाडि गयौ” बजारमा आएको छ  । ”जब छाडि गयौ” गायक सुरज दुतराज र गायिका मुना काकि  सुमधुर आवाज समावेश गरिएको छ  । मर्मस्पर्सी बास्तविक भावहरुलाई गीतको माध्यमबाट सकारात्मक सन्देश दिन खोजिएको छ ।  मानिसको जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमा समेटिएको छ । गितमा मुना कार्किको उत्कृष्ट शब्द सिर्जनामा संगित संयोजन भने सुरज दुराजले गरेका छन  । भिडियोमा आर्यन भण्डारी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।
हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...