Tuesday, February 27, 2018

सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छः मन्त्री थापा

बागलुङ, १५ फागुन : महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले लामो राजनीतिक अस्थिरता र अन्यौल हटेकाले अब सबैको साझा संकल्प मुलुकको समृद्धि बन्नुपर्छ भन्नुभएको छ ।

जिल्ला समन्वय समिति बागलुङले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले समृद्धिको लक्ष्य हासिल गर्न सरकार, जनप्रतिनिधि, राष्ट्रसेवकलगायत सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

मन्त्री थापाले आर्थिक र सामाजिक रूपान्तरण अहिलेको प्रमुख मुद्दा भएको चर्चा गर्दै सरकारले परिणाम देखिने गरी काम गर्ने धारणा व्यक्त गर्नुभयो ।

“संघीय संरचना अनुरुपको ऐन, कानुन बन्न बाँकी रहेकाले अहिले केही संक्रमण जस्तो देखिएको छ” उहाँले भन्नुभयो, “संविधानको भावनालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।”

कार्यक्रममा मन्त्री थापासहित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यलाई सम्मान गरिएको थियो ।

बागलुङबाट संघ र प्रदेशसभा गरी १५ जना सासंद्÷सदस्य रहेका छन् ।

सो अवसरमा सासंद्हरूले जनताको आकंक्षा सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिले स्थानीय तहको भूमिकाका बारेमा जनप्रतिनिधिलाई ध्यानाकर्षणपत्र समेत बुझाएको थियो ।

पत्रमा प्रदेश कानुन बनाउँदा जिल्ला समन्वय समितिको अधिकार र भूमिका स्पष्ट उल्लेख गर्न माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...