भैरहवा, फागुन १ । प्रदेश ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले उम्मेदवारी दर्ता गरेका छन् ।
८७ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद् छन् । संसद्को तेश्रो शक्ति कांग्रेस र अरु दलहरुले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।
कांग्रेस सांसद् वीरबहादुर रानाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए । ‘हाम्रो संसदीय दलको बैठक पनि बसेको छैन र यसबारे कुनै टुंगो लागेको छैन ।’
उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै घर्तीले भने– ‘सबैलाई मिलाएर चलाउँछु ।’
संसद्लाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने उनले बताए । उनले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि सबै दलहरुलाई एकैसाथ लिएर अघि बढ्ने उल्लेख गरे ।
No comments:
Post a Comment