काठमाडौं– नेकपा माओवादी केन्द्रले मंगलबार २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहित शीर्ष नेतृत्व तथा कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘२३ औं जनयुद्ध दिवस’ उल्लेखित केक समेत काटेका थिए भने पार्टीको भातृ संगठन वाइसियलका अध्यक्ष दीपशीखाले प्रचण्डलाई केक खुवाइदिएका थिए ।
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो ।
उक्त युद्द १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा माआएको थियो ।
शान्तिप्रक्रियामा आएपछि अहिले माओवादी देखिनेगरी तीन टुक्रा भएको छ । दिवसकै अवसरमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले आज संयुक्त रुपमा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।
No comments:
Post a Comment