आज शुक्रबार फेब्रुअरी ९ तारिख सम्म अमेरिकी संघिय सरकार बन्द हुने समय अगाडी नै डेमोक्रेटिक तथा रिपब्लिकन दल बीच भै अन्तत्व गत्वा काग्रेसले बजेट पारित गरेको छ l अब सरकार बन्द नहुने भएको छ l
अहिले बिहान शुक्रबार ९ तारिख अमेरिकन सिनेट तथा संसदले मुख्य बजेट मा सहमति गरि स्वीकार गरेको छ l मुख्य बजेट पारित भए पछि राष्ट्रपति डोनाल्ड ट्र म्प लाई हस्ताक्षर को अलागी पठाईने छ l
अहिले बिहान भएको प्रतिनिधि सभाको मतदानमा २४० का बिरुद्ध १८६ को मतले पारित भएको हो l रिपब्लिकन द्वारा नियन्त्रित प्रतिनिधि सभामा पनि डेमोक्रेटिक बाट मत चाहिएको थियो l यस बजेटको लागि ७३ जना डेमोक्रेटिक दलका सभासदले समर्थन गरेका थिए l तर आफ्नै दल रिपब्लिकनका ६७ जना ले यसका बिरुद्ध मतदान गरेका थिए l सिनेटमा ७१ का बिरुद्ध २८ ले पारित बिहान २ बजे भन्दा अगाडी तथा प्रतिनिधि सभामा बिहान ५ :३० भन्दा अगाडी पारित भएको थियो l
यो बिधेयक को लागि महिनौ दिन सम्म सिनेट तथाभीमकाय प्रतिनिधि सभामा सिनेटर तथा सभासद बिचमा लामो छलफल भए पछि सम्झौता भएको हो l मूल त आकस्मिक आपत विपत सहयोग कोषको लागि तथा अधिकतम ऋण सम्बन्धि मूद्धा को बिषयलाई लिएर ठूलो संघर्ष गर्नु परेको थियो l सिनेट ले यस अघि नै पारित गरि मार्ग खुला बनाई दिएको थियो l
यसै बीचमा केन्टकी का सिनेटर राण्ड पौल ले रिपब्लिकन को घाटा खर्च चेपारे तथा पाखण्डी भनि तिखो व्यग्य गर्दै लामो भाषण गरेका थिए l
यो बिधेयक के हो ?
यो दुई बर्षको लागि बजेट हो भने यसलाई गत बुधबार सिनेट नेता ले प्रस्तुत गरेका थिए l आगामी दुई बर्ष सम्म को लागि ३ सय अर्ब डलर बजेट उच्चतम सीमामा राख्दछ l जसको कारण ऋण उचाई वृद्धि हुने छ l यसमा ८० अर्ब डलर टेक्सस ,फ्लोरिडा तथा पुर्टो रिको को आपत कालिन सहायता मा खर्च गरिने छ l
यसको साथै १ सय ६० अर्ब डलर पेन्टागन मा जाने तथा १ सय २८ आरब डलर अन्य गैर सुरक्षा कार्यक्रमको लागि प्रयोग गरिने छ l यो मार्च २०१९ सम्म ऋण उचाई (सिलिङ्ग )उचित रकम वृद्धि गरिने छ l
यसै गरि २ दसमलव ९ अर्ब डलर बालबालिका को हेरचाह को लागि खर्च गरिने छ l
No comments:
Post a Comment