Thursday, February 1, 2018

३ करोड नेपालीका ढुक ढुकी रबि लामिछानेले गरे रकम हस्तान्तरण हामी सबैकी प्यारी बहिनी जलजला लाइ !

हामी सबैकी प्यारी बहिनी अनि नेपाली ताराबाट पनि आफुलाई चिनाउन सफल होनहार गायीका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं।

दिपा तामांग र महेन्द्र राइ को अभियानमा उठेको रकम आज जलजला बहिनिको स्वास्थ उपचार खर्च को लागी आदरणीय हामी सारा नेपालीको ढुकढुकि रबि लामिछानेजीको हातबाट जलजला को बुबालाइ हस्तान्तरण गरेको भिडियो हामीले दीपा तामांगको फेसबुक बाट साभार गरि तपाई सामु सार्बजनिक गरेका छौ | तेस्तै रबिलामिछाने जी आफ्नो फेसबुकमा लेख्नु हुन्छ ‘प्रतिभाशाली कलाकार जलजला परियारलाई भेट्ने अवसर मिल्यो र सहयोगी मनहरुबाट संकलित रकम हस्तान्तरण गर्ने आवसर मिल्यो। शिघ्र स्वास्थ लाभको कामना छ जलजला’ |

हेरौ उक्त भिडियो र शेयर गर्दै जानु होला धन्यबाद |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...