Thursday, February 8, 2018

नेपालले पायो १३९ रनको लक्ष्य

काठमाडौँ, २५ माघ:आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो ।

नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२÷२२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले चार, सोमपाल कामीले तीन तथा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले एक÷एक विकेट लिए ।

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...