Thursday, February 8, 2018

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन : नेता नेपाल

धनगढी, २५ माघ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताउनुभएको छ ।

उहाँले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताउनुभयो । नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताउनुभयो ।

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उहाँले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाउनुभयो । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिनुभयो । कैलालीको टीकापुरमा आजदेखि शुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता नेपाल यहाँ आउनुभएको हो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...