Tuesday, February 20, 2018

कीर्तिपुरमा पहिलो पटक बाल साहित्य महोत्सव आयोजना हुँदै

फागुन ९​, २०७४
काठमाडौँ – ईतिहाँसमै पहिलोपटक कीर्तिपुरमा “कीर्तिपुर बाल साहित्य महोत्सव” आयोजना हुने भ​एको छ। कीर्तिपुर नगरपालीका, कथालय​, बाल कथा सङ्ग्रालय र क्रिएटीभ एकेडेमीको संयुक्त आयोजनामा हुन गइरहेको यस महोत्सवमा, व्यक्तिको, खास गरी बाल बालिकाको सर्वांगिण विकास तथा पढ्न र लेख्न प्रोत्साहन हुने खालका कार्यक्रमहरु समेटिने कुरा क्रिएटिभ एकेडेमी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मर्जीमान सिंह महर्जनले जनाउनुभयो। “हामी कीर्तिपुर क्षेत्रमा हाम्रा बाबु नानीहरुमा स्वतन्त्र रुपमा पढ्ने बानीको विकाश होस भन्ने चाहान्छौ र यसमा यो कार्यक्रमले मद्दत गर्नेमा विश्वस्त छौँ” उँहाले थप भन्नुभयो।

आयोजकहरुका अनुसार, लेखक संग श-स्वर वाचन, कथा लेखन, कार्टुनहरूको परेड​, स्रष्टासंग संवाद​, कठपुतलीको प्रस्तुती, कला प्रदर्सनी, पुस्तक बिमोचन, कथाबाचन, चित्रकला कार्यशाला महोत्सवका प्रमुख आकर्षणहरु रहनेछन। यसका साथै पुस्तक मेला, म्याजिक शो, फेस पेन्टिङ्, नाटक लगायत थुप्रै बाल मैत्री कार्यक्रम प्रस्तुत गरिनेछन​। “कार्यक्रम एकदमै अर्थपुर्ण छ​, आशा छ यसले बालबालिकाहरुमा पठन शिपको विकाश गर्नेछ​।” आयोजक मध्यकै एक- कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताउनुभयो। महोत्सव यहि फागुन १९ गते शनिवारका दिन क्रिएटिभ एकेडेमीको परिसरमा आयोजना हुने ब्यहोरा जनाइएको छ। साहित्य प्रेमी जो कसैले विहान १० बजेदेखी साँझ ५ बजेसम्म निशुल्क रुपमा महोत्सवकोभरपुर मनोरञ्जन प्राप्त गर्न सक्नेछन​।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...