Thursday, February 1, 2018

अमेरिकाले सिरिया को अस्थाई सुरक्षित दर्जा (टिपिएस)नविकरण गर्यो ,नेपालको कहिले पालो ?

अमेरिकामा भिषण गृहयुद्धको कारण अमेरिका ल्याएका तथा अमेरिकामा रहेका सिरिया देशका नागरिकले पाई रहेको अस्थाई सुरक्षित दर्जा (टिपिएस)लाई नवीकरण गरि दिएको छ l

सन् २०१२ देखि पूर्ण रुपमा गृह युद्ध को चपेटा तथा सरकार द्वारा चरम दमन को कारण भागेका तथा अमेरिकन सरकार द्वारा अमेरिकामा शरण दिइएका ७ हजार सिरियन नागरिकको लागि अस्थाई सुरक्षित दर्जा (टिपिएस)नविकरण गरेको छ l

गत बुधवार जनवरी ३१ तारिखका दिन डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटी ले उक्त अस्थाई सुरक्षित दर्जा लाई नवीकरण गरेको घोषणा गरेको छ l हिजो को मिति देखि आगामी १८ महिना सम्म को लागि उक्त दर्जा लागु हुने छ l अगस्त १ ,२०१६ सम्म अमेरिका आएका हरुले पुन दर्ता गर्नु पर्ने छ l

अझ पनि २ हजार सिरिया का नागरिक जो सन् २०१६ मा पसेका थिए उनीहरुले अझ पनि यो सुबिधा प्राप्त गरेका छैनन् l यो सुबिधा प्राप्त गरे पछि निर्धक्क साथ अमेरिकामा काम गर्न पाउने छ भने भयभित हुनु पर्ने समस्या १८ महिनाको लागि टरेको छ l

ट्रंप प्रशासनले हैटि ,सुडान तथा निगरागुवा को लागि अस्थाई सुरक्षित दर्जा बन्द गर्ने घोषणा गरेको थियो l सन् २०१२ मा ओबामा प्रशासनले सिरिया का पिडित नागरिकलाई उक्त सुबिधा बिस्तार गरेको थियो l

यस्ता सुबिधा प्राप्त गरेका अन्य मुलुक नेपाल को पनि नवीकरण गर्नु पर्ने अपरिहार्यता भएकोले सवै प्रकारका दवाव प्रक्रिया संचालनमा छन् l १० वटा देशका झन्डै ३ लाख १७ हजार नागरिकले यो सुबिधा प्राप्त गरेका छन् l नेपाल को अस्थाई सुरक्षित दर्जा आगामी जुन २४ तारिख २०१८ मा समाप्त हुदै छ l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...