Thursday, February 1, 2018

सांसदलाई ज्यान मार्ने धम्की दिँदै १० करोडको माग गर्दा यसरी प्रहरी फन्दामा (भिडियो)

जिल्ला प्रहरी कार्यालय कास्कीले नकलि मनोज पुनको नाममा फिरौती माग्ने ४ जनालाई पक्राउ गरेको छ ।
गत मंसिर २५ गते देखि प्रदेश सांसद विन्दुकुमार थापा, कालु गुरुङ, बोधराज गिरी र मनकामना केबलकारका संचालक राजेशबाबु श्रेष्ठलाई धम्क्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्याङजाको पुतलिबजार ६ टक्सार घर भै हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ जरेबर बस्ने ३५ वर्षका नल बहादुर गुरुङ (शंकर), स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ४ घर भै हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ जरेबर बस्ने २६ वर्षका अमृत खड्का,२३ वर्षिय शिव कार्की र पर्वतको कुस्मा नगरपालिका वडा नं. १० घर भै हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ बस्ने २७ वर्षका रामु सुवेदी रहेका छन् ।
उनिहरुले सांसद विन्दुकुमार थापासंग २ करोड र कालु गुरुङसंग १० करोड फिरौती मागेको र फिरौती नदिए ज्यान मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले जानकारी दिनुभयो ।
थप भिडियोबाट हेर्नुहोस्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...