Friday, February 2, 2018

राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका

काठमाडौँ, १९ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति पुनले आज भृकुटीमण्डपमा नेपाल फोटो पत्रकार समूह(एनएफपिजे)द्वारा आयोजित अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटनका क्रममा हजार शब्दभन्दा एउटा तस्वीरको महत्व सयौँ गुण बढी हुने बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु-याएको योगदान प्रशंसनीय छ भन्नुभयो ।
कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्काे नाम फोटो पत्रकारिता भएको बताउनुभयो । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले फोटो पत्रकारसँग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने विचार व्यक्त गर्नुभयो ।
एनएफपिजेका अध्यक्ष ध्रुव आले र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकार समाजको ऐना भएकाले राज्यबाट तिनको सुरक्षा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल मुद्रण संघका अध्यक्ष माधव केसी, नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे, एनएफपिजेका सचिव प्रदीपराज वन्तलगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा विभिन्न सञ्चारमाध्यमसँग सम्बन्धित दीपक केसी, सरोज बादे, राजेश गुरुङ र स्कन्द गौतमलाई जनही रु ५० हजार, रु २० हजार, रु १५ हजार र रु पाँच हजार प्रदान गरी सम्मान गरिएको थियो । प्रदर्शनीमा भारत, चीन, जापानलगायत देशमा निर्माण भएका सञ्चार क्षेत्रसँग सम्बन्धित उपकरण, पुस्तक आदि राखिएका छन् । प्रदर्शनी यही माघ २१ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...