Thursday, February 1, 2018

ईटहरी फुड फेस्टिभल उद्घाटनमा उपप्रधानमन्त्रीलाइ खिर खुवाईयो (भिडियो सहित)

ईटहरी/ पुर्वको ईटहरीमा स्थापित ‘युथ फर सोसियल डेभलपमेन्ट’ को आयोजनामा ९ दिने ‘ईटहरी फुड फेस्टिभल’ को औपचारिक सुरुवात भएको छ । आज एक कार्यक्रम गर्दै सो फुड फेस्टिभललाई उपप्रधानमन्त्री ‘बिजय कुमार गक्षदार’ले मेला भित्रै बनेको खिर खादै बिधिवत रुपमा उद्घाटन गरेका हुन् । माघ १८ देखि २६ सम्म ईटहरीमा सन्चालन हुने यो फेस्टिभलमा विभिन्न होटलहरुले तयार पारेका मिठा-मिठा खाना तथा खाजाका परिकारहरु विशेष आकर्षणको रुपमा रहनेछ ।
यो कार्यक्रमको कुल नाफाबाट ईटहरी उपमहानगरपालिका भित्र रहेका ४ जना बिपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको खोजी गरि उनिहरुको अध्ययनमा आर्थिक सहयोग गर्ने अर्को मुल उद्देश्य रहेको छ । राष्ट्रिय कलाकारहरूमा प्रश्ना शाक्य, श्रेया सोताङ, अल्मोडा राना उप्रेती, ज्योती मगर, प्रमोद खरेल, राजनराज सिवाकोटी साथै श्रीकृष्ण लुइँटेल, गगा गौतम, अन्जु गौतम, गगा बरदान लगायत कलाकारहरू सहित आकर्षक नृत्य प्रस्तुति समेत रहने छ । कार्यक्रम हरेक दिन दिउँसो ४ बजे सुरु भइ राती ८ बजे सम्पन्न हुने छ भने ५० रुपैयाँ प्रबेश शुल्क निर्धारण गरिएको छ । डिथ्री अनलाईन पनि सो फुड फेस्टिभलको अफिसियल मिडिया पार्टनर हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...