Thursday, February 1, 2018

आयो छमछम नचाउने सालैजो गीत – भिडियो सहित

नेपालको स्याङ्गजा जन्म थलो भए पनि विगत लामो समय देखि जापानलाई कर्म थलो बनाउदै आउनु भएको दिनेश कुमार गुरुङले फेरि नयाँ गित बजारमा ल्याउनु भएको छ । 
 
जापानमा सफल व्यवसायि र विभिन्न संघ संस्था र सामाजिक कार्यमा सहयोग गर्न रुचाउने,आफ्नो मौलिक परम्परा गितसँगित लाई निकै माया गर्दै आउनु भएको छ। जन्मेको हुर्केको ठाँउ स्यांजामा नै उक्त गितको भिडियो बनाएको थियो। 
 
आफु जन्मेको गाउँठाउँको मौलिकतालाई टपक्क टिपेर गुरुङ आफैले सिर्जना गरको सालैजो गीत मौलिक स्वरका धनि गायक राजन कार्की र गायिका सिता के.सी ले स्वर भरिएको थियो। आकर्षक नृत्य मोडल रिना थापामगर र निर आलेमगर र भिडियो निर्देशन प्रकाश भट्टले गर्नु भएको थियो।सोपाल समाज पोखराको विशेष सहयोगमा भिडियो तयार भएको थियो। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...