
प्रसिद्ध गायक रमेश ताम्रकार हामी बीच अब रहेनन् l उनि सम्झनामा मात्र रहने छन् l गत जनवरी २५ तारिख बिहिबार सदा का लागि उनका परिवार ,आफन्त नातेदार तथा प्रशंसक,लाई छोडेर गए l ६८ बर्ष को उमेरमा काठमाडौँमा जन्मेका ताम्राकार काठमाडौँ मै असामयिक निधन हुन् पुग्यो l
अक्टोबर ५ तारिख १९५० मा काठमाडौँमा जन्मेका कलाकार स्व रमेश ताम्रकार नेवा समुदाय तथा नेपाली समुदायको हृदयमा उनका सुमधुर गीतको माध्यम बाट बास बसेका छन् l

ताम्राकार का नेवा समुदायका लागि, गीत कला या थछे, लाकुलि दरबार लगायत अन्य गीत रहेका छन् भने यसै गरि उनका प्रसिद्ध नेपाली गीतहरु यादै याद मा ,गुन्द्रुक पकाउन पर्दैन ,बाच्न जन्मेको नेपाली म तथा अन्य चर्चित गीत हरु रहेका छन् l
सन् १९७२ मा आफ्नो गायन सुरुवात रेडियो नेपाल बाट गरेका स्व ताम्रकार दुईटा बिषयमा स्नातकोत्तर गरेका थिए l उनले बाणिज्य बिषयमा बेलायत को लिड्स बिश्व बिद्यालय बाट स्नातकोत्तर गरेका थिए l

सांस्कृतिक संस्थानका पूर्व महा प्रवन्धक समेत भएका ताम्रकार सन् २०१६ मा नेवा अर्गनाइजेसन अफ अमेरिका (एनओए )को निमन्त्रणामा अमेरिका आएका थिए l उनि बिशेष अतिथि तथा एक कलाकार भएकोले आफ्नो गीत पनि प्रस्तुत गरेका थिए l
नेवा अर्गनाइजेसन अफ अमेरिका (एनओए)को बार्षिक सम्मेलन तथा साधारण सभामा उनको उपस्थिति रहेको थियो l

ईनेप्लिज परिवार को तर्फ बाट हार्दिक समबेदना तथा भक्ति पूर्वक श्रद्धा सुमन अर्पण गर्दछौ l
Ramesh Tamrakar
Mr. Ramesh Tamrakar at the age of 68 on Thursday, 25th January 2018 in Kathmandu, Nepal. He was born on Thursday, October 5, 1950, in Kathmandu.
Mr. Ramesh Tamrakar was a well-renowned singer and his songs had reached our homes and hearts. He had touched the lives of many with his melodious voice through many beautiful Newari and Nepali Songs.
Newah songs: Kala ya tha chey, Laquili Durwar, Thaunwaila kanhay waila, Maya ray ratna,
Nepali songs: Yaadi yaad ma, Gundruk Pakauna pardaina, Bachna Janmay ko Nepali ma, Kalo kapal bulbulay alka, Mailay aakha ko bhakha
He started his singing career in 1972 at Radio Nepal. He was a well-learned person with double Masters, in Mathematics and in Business Studies from Leeds University, UK and had also served as a General Manager for Sanskritik Sansthan. His family and friends remember him as a very lively, loving and caring person with a charming personality.
Mr. Tamrakar was a special guest and performed at NOA’s 15th Annual Convention & General Meeting In 2016.
Mr. Tamrakar was preceded in death by his wife Mrs. Anjana Tamrakar, 2 sons Sagun and Sugam Tamrakar, and 2 daughters-in-laws Shucheeta Shrestha Tamrakar and Pala Kansakar Tamrakar, granddaughter, Shreeda Tamrakar.
No comments:
Post a Comment