Thursday, February 1, 2018

कलाकार कृष्ण सापकोटाको किताव ‘पहेंलो सिन्दुर’ बजारमा आउदै

लामो समयदेखि स्विजरल्याण्ड बस्दै आएका कलाकार एव लेखक कृष्ण सापकोटाले एउटा नयाँ किताब ‘पहेलाे सिन्दूर’ बजारमा ल्याउन लागेका छन् । रेडियो नेपालमा वासुदेव मुनालको बाल कार्यक्रम बाट बाल गीत गाउन थालेका कलाकार कृष्ण सापकोटा नेपाली फिल्मको पुरानो जेनेरेशनमा एक परिचित नाम हो ।

शिव श्रेष्ठका समकालीन सापकोटाले नेपालमा रहँदा थुप्रै टेलिसिरियल तथा फिल्ममा अभिनय गरेका छन् । नेपाली कलाकारीता र गीत सङ्गीतलाई माया गर्ने सापकोटा ले नेपाली मर्म भन्ने गिति एल्बम पनि निर्माण एव आफै अभिनय पनि गरेका छन् ।

उनले स्विज फिल्महरुमा समेत आफ्नो अभिनय देखाउन भ्याइसकेका छन् । विगत २४ वर्ष देखि स्विजरल्याण्डको जुरिसमा मा बस्दै आएका सापकोटाको नेपाल घर चन्द्रागिरि नगरपालिका बलम्बु चुनदेबिमा रहेको छ । सोसल वर्क सँगै गीत लेखनमा पनि उनीको उत्तिकै रुचि रहेको बताउछन् ।

अन्तराष्ट्रिय आर्टिष्ट फोरम स्विजरल्याण्डका अध्यक्ष सापकोटा युरोपमा नेपाली सिनेमाको बजार बिस्तारको लागि पनि विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...