Sunday, February 11, 2018

“धान कुटी मकै भुटी“ को भिडियो सार्वजनिक

बालापनमा धान कुटी मकै भुटी भन्दै हामी कैयौं ले मादल बजाउन प्रयास गरेक छौ होला। ताल काट्न नजानेर धान कुटी मकै भुटी भन्दै मादल बजाउने हामी सबैलाई त्यो बालापनको झल्को दिलाउने खालको एक गीत सार्वजनिक भएको छ। दीपेन्द्र घिमिरेको शब्दमा एस.डि योगी को संगीत रहेको गीत “धान कुटी मकै भुटी“ को भिडियो सार्वजनिक भएको हो। एस.डि योगी र श्रुती योगी को स्वर रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्य लाई फिचर गरिएको छ। निर्मल लामा (बीजी) को निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्मा ले छायाङ्कन गरेका हुन भने सम्पादन प्रबिन श्रेष्ठ को रहेको छ। भिडियोलाई चन्द्र गौतम ले निर्माण गरेका हुन।

दीपेन्द्र घिमिरे
२०६५ साल बाट संचार कर्ममा लागेका घिमिरे पछील्लो समय गीत लेखनमा अगाडि बढी रहेका छन। यस अघी घिमिरे कै शब्दमा मेलिना राईको स्वर रहेको गीत “तल्लाघरे साईला“ सार्वजनिक भईसकेको छ। पछील्लो समय चलचित्र “लिलि बिलि“ का लागि समेत गीत लेखेका घिमिरेले सार्वजनिक “धान कुटी मकै भुटी“ गीत ले आफुलाई गीत लेखनको पाटोमा अगाडि बड्न मद्धत गर्ने बताए।

एस.डि योगी
भारतमा संगीत को उच्च अध्ययन गरेर नेपाल फर्किएका संगीतकार हुन एस.डि योगी। यसअघी उनको संगीत रहेका गीतहरुमा नेपालका चर्चित गायकहरु स्वरुप राज आचार्य, शिव परीयार, सिशिर योगी लगायतले आवाज भरिसकेका छन।

हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...