Sunday, February 11, 2018

बेलायत बाट फेरी खुसीको खबर : इशा गुरुङ्गको अभियानमा जलजलालाइ धुर्मुसको हातबाट २ लाख ६० हजार हस्तान्तरण (भिडियो सहित)

युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण गर्नु भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

आज फेरी उनि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि पनि इशा गुरुङ्ग अभियान मार्फत रकम २ लाख ६० हज़ार आज धुर्मुस बाट उहाकै धुर्मुस सुन्तली फ़ाउन्डेशन कार्यलयमा सहयोगी रकम हस्तान्तर गराउनु भयो, सबै सहयोगी मनहरू लगायत माया बहिनि साथ साथै सिताराम भाइलाइ मुरी मुरी धन्यबाद दिन चाहान्छु इशा गुरुङ्ग युके.

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...