Sunday, February 11, 2018

सहकारी व्यवस्थापन तालीम एवं सहकारी ऐन–२०७४ अभिमुखीकरण सम्पन्न माघ २७ , लेखनाथ

साना किसान कृषि सहकारी संस्था लि. वेगनासको तालीम अध्ययन तथा विकास समितिको आयोजनामा २ दिने सहकारी तथा संस्थागत विकास तालिम एवं सहकारी ऐन –२०७४ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल कृषि सहकारी प्रादेशिक संघ, प्रदेश नं ४ का अध्यक्ष रामजी प्रसाद अधिकारीले कृषि सहकारीले नयाँ बनेको ऐन अनुरुप कृषि उद्यमशिलता बढाउनुपर्ने बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि, प्रशिक्षक, एवं सीप हस्तान्तरणद्वारा सशक्तिकरण ( नेष्ट), पोखराका अध्यक्ष सूर्यबिनोद पोखरेल ले तालीममा सिकेका कुराहरु लाई व्यवहारमा उतारे सहकारी व्यवस्थापन र सहकारीलाई संस्थागत रुपले अगाडि बढाउन मद्घत गर्ने कुरा बताउनु भयो ।

कूल ५० जना शेयर सदस्य , सञ्चालक र कर्मचारी सहभागीहरु सम्मिलित दुई दिने कार्यक्रममा सीप हस्तान्तरणद्वारा सशक्तिकरण (नेष्ट), पोखराले सहजीकरण गरेको थियो भने उक्त कार्यक्रमलाई नेष्ट का कार्यकारी निर्देशक कृष्ण अवस्थी, जिल्ला पशु विकास कार्यालय कास्की का प्रमुख डा. ठगेन्द्र अर्याल, कास्की जिल्ला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष सुदिप ढकाल लगायतकाले सहजीकरण गर्नु भएको थियो । साना किसान कृषि सहकारी संस्था लि. वेगनासको तालीम अध्ययन तथा विकास समितिका संयोजक सुरेन्द्र वावु तिवारी को संयोजकत्वमा संचालित दुई दिने कार्यक्रमको औपचारिक कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारी संस्था लि. वेगनासका अध्यक्ष भोलानाथ तिवारीले गर्नुभयो भने कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक भरतप्रसाद तिवारी गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...