Sunday, February 18, 2018

गीतकार उपाध्यायको मन कसरी चन्चल भो?

गायक लामाको आफ्नो पहिलो साङितिक एल्बममा यो गीत समेटिने कुराको जानकारी गायकले हामीलाई जानकारी गराउनु भयो। २०७५ साल बैशाखमा एल्बम बजारमा ल्याउने जानकारी पनि दिनु भयो।

स्रोतादर्शक हरुको माया, उत्प्रेरणा नै सङीतको ठुलो अवार्डको रुपमा लिने उपाध्याय स्रोतादर्शकहरुलेदिने अवार्ड को सधै भोको रहेको, र त्यहीनै साङितिक् अवार्ड हो भन्नु हुन्छ ।

‘खासगरी म मानव जीवनका भोगाइहरु शब्दमा उतार्न चाहन्छु, दिलबाट लेखेको गीत दिलले नै मन पराउँछ’ उनले भने । गीतकार उपाध्याय बर्तमान नेपाली गीत संगीतको क्षेत्रमा चर्चित गीतकार हुन् ।

गीतकार उपाध्याय गीतकार संघ नेपालको” पुर्व कोषाध्यक्ष (Tresurer) तथा आजिवन सदस्य पनि हुनुहुन्छ। थुप्रै एल्बम र चलचित्रमा गीत लेखन ब्यस्त उपाध्याय गीत सङीत लाई अन्तिम समय सम्म निरन्तरता दिने सोचमा हुनुहुन्छ।

नेपाली गीत सङीतमा कपिराईटलाई अती आवस्यकरुपमा लागु गर्नुपर्ने कुरामा वहा जोड दिनुहुन्छ र भन्नु हुन्छ सम्बन्धित निकायले यस्तो कुरामा ध्यान दिएर आवश्यक नियम कानुन बनाई बेलैमा लागु गर्दा राम्रो हुन्छ ।

भिडियोको लागी तलको लिन्कमा क्लिक गरम ल ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...