
शक्तिखोर, चितवन, २७ माघ ।
कालिका नगरपालिका वडा नं. ९ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा शक्तिखोरमा आजीवन सदस्यहरुलाई जानकारी नै नदिई आज शनिबार ५औं अधिवेशन सम्पन्न गरेको प्रति रेडक्रसका आजीवन सदस्यहरुले आपत्ति जनाएका छन् ।
गत माघ १६ गते संस्थाको १२औं साधारण सभा तथा ५औं अधिवेशन भएको थियो । सो दिन नयाँ कार्यसमिति चयन हुन सकेको थिएन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले चन्द्रकान्त न्यौपानेलाई निर्वाचन प्रतिनिधिको रुपमा पठाएको थियो । चैनपुर उपशाखाका सभापति समेत रहेका न्यौपानेले आज भएको अधिवेशनको निर्वाचन कार्यक्रममा आजीवन सदस्यहरुलाई जानकारी नै नदिई निर्वाचन गराएको आजीवन सदस्यहरुको आरोप छ । गत माघ १६ गते सो शाखामा १९ जनाले उम्मेदवारी दिएका थिए । आज भएको निर्वाचनमा उम्मेदवारहरुलाई समेत जानकारी नदिई निर्वाचन गरिएकोले सो समिति भङ्ग गर्नुपर्ने उनीहरुले बताएका छन् ।
रेडक्रस उपशाखा शक्तिखोरका सभापति दिपक कुमार खड्काले अधिवेशनको मिति गत माघ १६ गते नै तय भई पटक पटक राजनीतिक सहमतिको लागि बैठक बसेको बताए । राजनीतिक दलहरुको सहमतिबाट निष्कर्ष ननिस्किए पछि मात्र निर्वाचन गरिएको उनले बताए । १ सय ४० जना आजीवन सदस्य रहेको उपशाखाको निर्वाचनमा ५९ जनाले मात्र मतदान गरेका थिए । निर्वाचनबाट पुनः दिपक कुमार खड्का नै सभापतिमा निर्वाचित भएको बताइएको छ । यस अगाडि पनि लगातार २ पटकसम्म खड्का नै निर्विरोध सभापति भएका थिए । शक्तिखोर निवासी नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ सो संस्थाका संस्थापक अध्यक्ष हुन् । उनकै रोहवरमा सबै उम्मेदवार र आजीवन सदस्यहरुलाई नै जानकारी नदिई अधिवेशन सम्पन्न गर्नु आश्चर्यजनक भएको भन्दै आजीवन सदस्यहरुले सो समिति विघटन गर्नुपर्ने बताएका छन् ।
आजीवन सदस्यहरु एवम् उम्मेदवारहरुलाई जानकारी नै नदिई अधिवेशन गर्नु उचित नहुने रेडक्रसका आजीवन सदस्य शक्तिखोर निवासी रामध्वज डल्लाकोटीले बताए । सो शाखाका सभापति खड्काले छलफल अगाडि बढाई ३÷४ दिन समय सारेर अधिवेशन गर्ने बताए पनि थाहै नदिई अधिवेशन गरेकोमा आश्चर्य व्यक्त गरे । आफु सदस्यको उम्मेदवार रहेको र उम्मेदवारलाई समेत जानकारी नदिई निर्वाचन भएको भन्दै सदस्यका उम्मेदवार बीर बहादुर श्रेष्ठले रेडक्रस जिल्ला शाखामा उजुरी दिने समेत बताएका छन् । अधिकांश बामपन्थी आजीवन सदस्यहरुलाई थाहै नदिई निर्वाचन गरी समिति घोषण
No comments:
Post a Comment