Saturday, February 10, 2018

खानेपानी समूहको साधारण सभामा उपभोक्तालाई सम्मान

रत्ननगर, चितवन, २७ माघ ।
दिग्दर्शन खानेपानी तथा सरसफाई उपभोक्ता समूह, रत्ननगर १५, माधवपुरको ८औं वार्षिक साधारण सभाको अवसरमा समूहलाई उल्लेख्य सहयोग गर्ने र सरसफाई गर्ने उपभोक्तालाई सम्मान गरिएको छ । कार्यक्रममा उपभोक्ता अम्बिका पौडेल, दिल बहादुर बुढाथोकी, इश्वरी नेपाल, टिकाराम पोख्रेल, इम प्रसाद पन्त र धारा नं. १३ का उपभोक्ताहरुलाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष शंकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, रत्ननगर १५ का वडा अध्यक्ष हुमानाथ लामिछाने, वडा सदस्य रामकृष्ण खड्का, सामुदायिक भवन निर्माण समितिका अध्यक्ष द्रोण प्रसाद लामिछाने, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ चितवनका सचिव बालकृष्ण अधिकारी, माधवपुर दोश्रो खानेपानी समूहका अध्यक्ष मुक्ति प्रसाद लामिछाने, मूल्यांकन समिति सदस्य शर्मिला लामिछाने, एसडिआरसीका प्रतिनिधि लक्ष्मी ओझा, उपभोक्ताहरु सीता अधिकारी, हेम प्रसाद पन्त लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । सो साधारण सभामा संस्थाका कोषाध्यक्ष नन्द कुमारी पोख्रेलले भावी नीति तथा कार्यक्रम र लेखा सदस्य कुल प्रसाद भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष सीता पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...