Sunday, February 4, 2018

नयाँ सरकार गठनपछि पार्टी एकता : ज्ञवाली

काठमाडौँ, २१ माघ : नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ सरकार गठनपछि पार्टी एकता हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले फागुनमा नयाँ सरकार हुने र त्यसपछि मात्र नेकपा माओवादी केन्द्रसँग एकता हुने स्पष्ट गर्नुभयो ।

“संविधानको अपव्याख्या गर्दा नयाँ सरकार बन्न ढिलाइ भएको हो, सरकार बनेपछि दुई पार्टीबीच एकता हुन्छ”– उहाँले भन्नुभयो ।

नेता ज्ञवालीले स्थिरता र समृद्धिका लागि वाम सरकार बन्न लागेको बताउनुभयो । वाम सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्ने उहाँको भनाइ थियो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर अनावश्यक टीकाटिप्पणी गर्नु आवश्यक छैन ।”

सीमा क्षेत्रमा रहेको विवाद सल्टाएर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देश लाग्नुपर्नेमा नेता ज्ञवालीले जोड थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...