Sunday, February 4, 2018

राष्ट्रियसभा निर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि

काठमाडौं, माघ २१ । आगामी बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधी शुरु हुँदैछ ।

निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघि मौन अवधी शुरु हुने प्रावधान अनुसार आज मध्यरातबाट मौन अवधी शुरु हुन लागेको हो । मौन अवधिभर कुनै पनि दलका उम्मेदवार, कार्यकर्ता, मतदाता लगायत सञ्चामाध्यमहरुले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

सामाजिक सञ्जाल, तथा कुनै पनि प्रविधि प्रयोग गरी मत मागेमा सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेज गर्न सकिने संवैधानिक प्रावधान रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

आगामी बुधबार अर्थात माघ २४ गते राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक प्रदेशबाट आठ–आठ जना गरी ५६ जना सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा निर्वाचन हुने ५६ सीटमध्ये २४ जना निर्विरोध भईसकेका छन् भने ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक ब्यवस्था छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...