Thursday, February 15, 2018

गायिका कोपिला छिनालको भर्खरै बस्न लागेको मायामा धक्का (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रितम पोखरेलको रोमान्चक लोक दोहोरी “टाईनतुइनको पिरती” बोलको गीतलाई हालै सार्बजनिक गरेको छ । म्याग्देली चेली कोपिल छिनाल र प्रितम पोख्रेलको सुमधुर स्वर रहेको छ । मान्छे जन्मिछ हुर्किन्छ र योबन अवस्थामा पुगेपछि उस्लाई अनेकौं चाह हरु बढ्दै जान्छ ।

सोहि क्रममा यति बेला यो गीतको भाव अनुसार गायिका कोपिलालाई भर्खरै बसेको मायामा  “टाईनतुइनको पिरती” लाइएछ भन्ने महसुस भएको छ । प्रस्तुत गीतमा लय तथा शब्द सिर्जना प्रितम पोख्रेलको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शंकर बि.सी , सुरज चापागाई (बान्द्रे), काजल पोख्रेल कृपा कार्की  (रानी) र रबिन परियार  आकर्षक अभिनय रहेको छ ।

“टाईनतुइनको पिरती”  बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts