Thursday, February 15, 2018

कृषिमा लगानी गरी देशलाई समृद्ध बनाउँछौँ : दाहाल

सिन्धुली, ३ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताउनुभएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको मरिण गाउँपालिका–६ मा आज भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै उहाँले वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन हुन नसक्ने उहाँको तर्क छ । नेपालको विकास गर्ने हो भने व्यावसायिक र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा दिगो विकास गर्ने हो भने कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिँदै अब वाम गठवन्धनको सरकारले अनुसन्धानसहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अब बन्ने सरकारले कृषि, प्राविधिक तथा अनुसन्धान विश्वविद्यालय खोल्न बजेटको अभाव हुन नदिइने उहाँले बताउनुभयो । दुई पार्टीबीच नेतृत्वको विषय टुङ्गिसकेको बताउँदै उहाँले अन्य केही प्राविधिक कुरा भने केही दिनमा नै मिल्ने बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविले मन्त्रिपरिषद्को निर्णयलाई नमान्दा विश्वविद्यालय सञ्चालनमा नै समस्या भएको बताउनुभयो । सिन्धुलीको मरिण गाउँपालिका–६ मा खुलेको कृषि क्याम्पसमा हाल ५० विद्यार्थी अध्ययनरत छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...