Friday, February 16, 2018

सिडि विजय अधिकारीको तिम्रो माया भन्दा मिठो (भिडियो सहित)

४फागुन, काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर गायक सिडि विजय अधिकारीले आफनो एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘तिम्रो माया भन्दा मिठो’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १ को सा“झ यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक सिडी विजय अधिकारीको स्वरमा सजिएको उक्त आधुनिक गीतमा पशुराम थपलियाको शब्द तथा संगीत छ ।

गितका भावहरुलाई निकै मार्मिक र तार्किक शब्दका भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन ।भिडियो निर्देशक काजिश श्रेष्ठद्वारा निर्देशित यो भिडियोमा दिपक श्रेष्ठ र एन्जेल भण्डारीको अभिनय र रोमान्स गरेका छन् अजय रेग्मी ंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविन भटट्ले सम्पादन गरेका हुन् । यो भिडियो लाई विन्ध्यावासिनी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...