Tuesday, February 13, 2018

अन्जु पन्त फाउन्डेसनद्वारा सहयोग हस्तान्तरण

गायिका अन्जु पन्तले आफ्नै फाउन्डेसन मार्फत् मृगौला पीडित गायक ओम विक्रम विष्ट र गायिका जलजला परियारलाई २५÷२५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छन् । राजधानीको हेल्लो क्याफे गजलबारमा पत्रकार सम्मेलन गर्दै गायिका पन्तले गायक विष्टका छोरा शिखर विक्रम विष्टको हातमा २५ हजार सहयोग हस्तान्तरण गरेका थिइन् भने गायिका परियारको बुबा नारायण बहादुर दर्जीको हातमा २५ हजार सहयोग हस्तान्तरण गरेकी थिइन् । सहयोग हस्तान्तरण पछि गायिका पन्तले उहाँहरुको स्वास्थ्यलाभको कामना गर्दै फाउन्डेसनले अझै सकेको सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

त्यसैगरी नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धनको क्षेत्रमा क्रियाशील रहेको गीतकार संघ नेपाल र संगीतकार संघ नेपाललाई २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । यसभन्दा अघि नै उनले आफूले सहयोग गर्ने बताएकी पन्तले उक्त रकम आज हस्तान्तरण गरेकी हुन् । दुबै संस्थाको प्रतिनिधित्व गर्दै आएका संगीतकार संघ नेपालका प्रेस सल्लाहकार तथा गीतकार लोकराज अधिकारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी, अन्जु पन्त फाउन्डेसनका महासचिव थीर केसी र गायिका पन्तले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै जलजलाकी बुबा नारायणबहादुर दर्जी र ओम विक्रम विष्टका छोरा शिखर विक्रम विष्टले सहयोगप्रति गायिका पन्तलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम पत्रकार दीपज्योति थापाले संचालन गरेकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...