Tuesday, February 13, 2018

गुलाबी रङ – हिक्मत थापा

प्रेम दिवस प्रति समर्पण ”

अचेल यता
धर्तीको सौन्दर्य
मानौ चोरी भयो,
हावाको शीतल झोक्का
उडी–उडी उतै फर्कियो
र, बाँकी रह्यो मेरो अगाडि
सुखा र सपाट बञ्जर–भूमि
जहाँ म हिँडिरहेको छु ,
मनकै मृगतृष्णामा !

उता तिमी
उडिरहने सपनाहरूझैँ
बादलका बुट्टाहरूसँग तैरिँदै गर
र, वर्षिँदै गर
वर्षात पछिका मुलायम मायालु घाँसे मैदानमा
आफू निख्रदै
मानौ,
रङ फर्काउँदै छौ
त्यो हिमतन्नामा
गुलाबी रङका सुन्दर धर्काहरूझैँ ।

तब त –
प्रत्येक साँझ मात लागेपछि
म उक्लिरहेको हुन्छु
मेरै लागि वर्जित
पहाडको त्यो टाकुरीमा
जहाँ तिमीलाई भेटनु छ
सपनामै
र,
जिन्दगीको एउटा
गुलाबी रङ फुल्नु छ ।

(लेगोस, नाइजेरिया)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...