Saturday, February 24, 2018

देशको सबै क्षेत्रमा भुसको आगो जस्तै फैलिएका सबै खाले गुण्डाहरुलाई ड्याम ड्याम ईन्काउन्टर गर्ने दिन कहिले आउँछ? तीन करोड़ नेपालीको मानव अधिकार तीन चार सय (सबै थरीका गुण्डाहरु) ले हनन गरिरहने कहिलेसम्म भईरहन्छ? भिडियो सहित

सरगम भट्टराई,
नेपालमा मृत्युदण्डको क़ानून छैन तर सरकारले चाहने हो भने गुण्डा नाईकेहरुलाई यसरी ड्याम्म ईन्काउन्टर गर्न मिल्ने रहेछ नि ! मोस्ट वान्टेड अभियुक्त मनोज पुन र सोम आले प्रहरी ईन्काउन्टरमा मारिएको घटना पछि बिभिन्न राजनैतिक र ब्यावसायिक आवरणमा गुण्डागर्दी गरी लुटपाट र हत्या गर्नेहरु पक्कै पनि निरुत्साहित भएको हुनुपर्छ।यो ईन्काउन्टर हो या हत्या हो त्यो संग मलाई ब्यक्तिगत रुपमा कुनै सरोकार छैन किनकी यस्ता गुण्डा प्रति राज्यले कुनै सदासयता देखाएर मानवअधिकारको हवाला दिनु आवश्यक म देख्दिन। यिनीहरुले हजारौँको मानव अधिकार हनन गरेको कुरा स्मरण गर्ने या नगर्ने? किनकी जघन्य अपराधमा पनि नेतृत्वकै सदासयताले गर्दा झिनो सजाँय भोगेर जेल मुक्त भएका कुरा नौला होईनन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...