Thursday, March 1, 2018

क्यानेडियन नेवा गुथिको यूबा समुह द्वारा नब आगन्तुकहरुको लागिअन्तरक्रियात्मक कार्यक्रम आयोजना

 


ब्राम्प्टन, क्यानेडियन नेवा गुथिको यूबा समुह द्वारा नब आगन्तुकहरुको लागि स्वास्थ्य, शिक्षा तथा महिला सशक्तिकरण सम्बधि अन्तरक्रियात्मक कार्यक्रम पशुपति नाथ नेपाली मन्दिरमा हालै आयोजन गर्यो ।ओन्टारियो राज्यको नागरिकता तथा अध्यागमन मन्त्रालयको सहयोगमा संचालित उक्त कार्यक्रममा तीन समुह गरि अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।

पहिलो समुहमा श्रोत ब्यक्तिहरु सबातिना श्रेस्थ तथा एल्भिसा श्रेस्थले क्यानडामा नब आगन्तुकहरुको लागि आबश्यक स्वास्थ्य सम्बन्धि सरकारी नीति , सुबिधा तथा अन्य सुचना प्रदान गरेका थिए । त्यसै गरि क्यानडामा बाल तथा युबा शिक्षा सम्बन्धमा ब्रोक बिस्व बिद्यालयका प्रा. डा. टम ओ निल ले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने “महिला सशक्तिकरण ” बिषयमा हम्बर कलेजका डा.सोनि थापा र अरिता राई गुरुङ्ले ब्यबहार्मूलक प्रस्तुति प्रस्तुत गरेका थिए ।सो कार्यक्रममा सहभागि हरुले सोधेका प्रश्नहरुको सम्बन्धित श्रोत ब्यक्तिहरुले उत्तर दिएका थिए ।

सो कर्यक्रमको संचालन युबा स्वयंसेबकहरु आयुश्ना श्रेस्थ, कमल कनेल, प्रबिन उपाध्याय, साजन थकाली,आर्यब बज्राचार्य, ले संचालन गरेका थिए ।

त्यसै गरि सो हि दिन गुथिले सो परियोजना बारे जानकारी दिने उद्यश्यले स्थानिय नेपाली संस्थाका पदाधिकारीहरुको लागि एक कार्यक्रम आयोजना गर्यो । सो कार्यक्रममा सहभागिहरुलाई गुथिका अध्यक्ष प्रकाश प्रधानले स्वागत गर्नु भएको थियो भने महा सचिब बिमल मान श्रेस्थले गुथिका बिबिध कॄयाकलाप र आगामि कार्य बारे जानकारि दिनु भएको थियो । साथै परियोजना समन्वयकर्ता नबिन श्रेस्थ तथा परियोजना कार्यान्वयन समितिका डा. रिन्जन श्रेस्थले परियोजनाको स्वरुप, उपादेयता र प्रगति बारे प्रकाश पार्नु भएको थियो ।

 

सो कार्यक्रममा एन आर एन क्यानडाका उपाध्यक्ष राज कुमार महत, नेपलिज क्यानेडियन हेरितेज सेन्टरका सभापति राम पौडेल, प्रबक्ता सी एम उप्रेति, बोर्ड सदश्य डा. लीला भण्डारी,एन आर एन क्यानडाका पूर्ब अध्यक्ष एबम नमस्ते रेडियोका प्रमुख अनिल थापा एबम एन आर एन क्यानडाका सल्लाहकार मुगा राजभण्डारीले नेपाली संस्थाहरुमा गुथि ले धेरै नै समुदायमुखि कार्यक्रमहरु गरेको र यो कार्यक्रम पनि नब आगन्तुकहरुको लागि धेरैनै महत्वपूर्ण भएको बताए । साथै उहाँहरुले सबै संस्थाहरुले एक एक क्षेत्रमा आफ्नो सेवा दिन सकेमा पनि नेपाली समुदायको हीत हुने कुरा बताए । गुथिका उपाध्यक्ष उत्तम माकजूले धन्यबाद ब्यक्त गर्नु हुन्दै युबाहरुको सामुदायिक शीप बिकास होस भन्ने उद्यश्यले कार्यक्रम सं चालन गरिएको र समुदायको हीतको लागि सबैको निरन्तर सहयोगको अनुरोध गर्नु भयो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...