
सन् २०१६ मा राष्ट्रपतिका उम्मेदवार बने देखि उनलाई दर्जनौ महिलाले यौन उत्पीडन गरेको आरोप लगाए । कुनै पनि आरोपको सुनुवाई भएन । झन् निर्वाचन नजदिक आउदै गयो ,त्यतिनै महिलाहरु सामाजिक संजालमा अन्तर्वार्ता दिने र यौन उत्पीडन भएको दावी गरे । कुनै पानी दावी र आरोपले राष्ट्रपति का उम्मेदवारलाई छोएन । राष्ट्रपतिले सवै झुट्टा बताए । प्रमाण बिना यस्ता दावी को कुनै असर भएन । डोनाल्ड ट्रंप राष्ट्र पति चुनिए ।
अमेरिकन राष्ट्रिय टेलिभिजन(दुरदर्शन ) तथा समाचारहरुले यो प्रकरणलाई अझ चिरफार गरि रहेका छन् । सिएनएन ले ट्रंपका निजि वकिल माइकल कोहेन्सले अश्लिल चलचित्र कि कलाकार स्ट्रोमी डेनीएल्स लाई $ १ लाख ३० हजार डलर बिधुतिय डाक मार्फत दिएको प्रकाशित समेत गरेको छ l
स्ट्रोमी डेनीएल्स को पुरा नाम स्ट्रोमी ग्रेगोरी डेनीएल्स हो । ३९ बर्षिय स्ट्रोमी अमेरिकन अश्लिल चलचित्र कि कलाकार ,स्क्रिन (चित्र पट लेखिका ) तथा निर्देशक पनि हुन् ।
उनले ट्रंपको कारोबार रहेको अन्य व्यवसाय बाट वयस्क चलचित्र कि कलाकारलाई चुप लगाउन दिएको बुझिएको छ । स्ट्रोमी डेनीएल्स सन् २०१६ को कै चुनाव हुनु केही हप्ता अगाडी उक्त कुरा उठाएकि थिइन् तर उनलाई पैसा दिएर चुप लगाएको कुरा थुप्रै समाचारले प्राथमिकतामा राखेका छन् ।
अहिले ताजा जानकरी अनुसार स्ट्रोमी डेनीएल्सले ट्रंप का वकिलले किर्ते हस्ताक्षर गरेको भनि ट्रंप तथा वकिललाई समेत मुद्धा गर्ने भएका छन् । सन् २००६ मा ट्रंप संग लैंगिक भेटघाट हुदाको कुरा उठाएर वयस्क चलचित्र कि कलाकार कि वकिल माइकल एभेनाटि ले यसै हप्ता अभण्डाफोर सम्झौताको अमान्य ठहर भन्दै स्ट्रोमी दावी गरेको समाचार सीएनएन ले लेखेको छ ।
वकिल माइकल एभेनाटि तथा ट्रंपका वकिल बिच भएको बिधुतिय डाक(ईमेल)मा भएको छोटो कुराकानी समेत सीएनएनले लेखेको छ । स्ट्रोमी डेनीएल्सले राष्ट्रपति ट्रंप ले शारीरिक सम्बन्ध समेत राखेको अन्तर्वार्ता मै स्पष्ट भनेका छन् ।
कोहेनले सीएनएन संग कुरा गर्दै राष्ट्रपति ट्रंप का कुनै न त प्रतिष्ठान न ट्रंप को चुनाव अभियानले वयस्क चलचित्र कि कलाकार संग लेनदेन गरेको बताए । गत मंगलबार मुद्धा दायर भए पछि अन्य महिलाहरु यौन उत्पीडन को कुराहरु सम्बन्धि दर्जनौ महिला अगाडी आएको बेलामा स्ट्रोमी डेनीएल्सलाई कोहेनले रोकेका थिए भनि लेखेको छ ।
कोहेन ले कुन बैंक बाट कसरी लेनदेन गरेका थिए भनि समेत प्रकाशित गरेको छ । ट्रंप का निजि वकिलले समेत आफुले ट्रंप को प्रतिष्ठान को तर्फ बाट बिधुतिय डाक को उपयोग गरेको समेत भनेका छन् ।
अमेरिका अन्य मुलुक भन्दा फरक जस्तो भएकोले चुनावको समयमा यस्ता यौन प्रकरण र काण्डमा उम्मेदवार मुसिए पनि त्यस्ता झुटा आरोप भनि उम्मेदवारले बिजयी हासिल गर्दछन । तर अन्य मुलुकमा यस्ता कुराले ठुलो असर परि उम्मेदवार हार्दछ तर अमेरिकाका जनता लाई यसले असर पार्दैन ।
रास्ट्रपति भन्दा अगाडिका बिल क्लिन्टन पनि यस्तै मुद्धाको आरोप लाग्यो र उनि पनि सप्रमाण फेला परे । तर पनि चुवाव जिते । रिपब्लिकन तथा डेमोक्रेटिक दलले यस्ता कुरालाई उच्च प्राथमिकताको साथ माथिल्लो तहमा उठाउछन ।
ठिक बिपरित रिपब्लिकन दल र उनलाई समर्थन नगर्ने ठुला ठुला नेतालाई आश्चर्य बनाई डोनाल्ड ट्रम्प शानदार बिजयी भएका हुन् । बिजयी भएता पनि उनलाई महिलाले यौन उत्पीडन गरेको दावी छोडेनन् । तर अमेरिका जस्तो देशमा रास्ट्रपति भै सके पछि त्यस्ता कुरामा ले छुदैन । उनलाई यत्र तत्र सर्बत्र उनको चरित्र सम्बन्धि प्रश्न उठाईयता पनि उनि शानदार बिजयी भएकोले ४ बर्ष कुनै पनि हालतमा उनि टिक्ने छन् । उनि राजा नै हुन् अमेरिकाका भने पनि हुन्छ ।
सम्भवत यौन उत्पीडन का कुरा आए पनि पनि दोश्रो पटक पनि जित्न बेर लगाउदैन किनभने यसले अमेरिकन जनता लाई केही असर पर्दैन रहेछ भन्ने हामीले बुझे हुन्छ ।
उनले अन्य क्षेत्रमा अमेरिकनको मनोभाव बुझी त्यस्ता मुद्धाहरु उठाई दिन्छन र अमेरिकनहरु मख्ख हुन्छन । उनि आए पछि आर्थिक वृद्धि राम्रो अवस्थामा छ । बन्दुक चलाई मानिस मारिने र हत्या गरिने भने अझ रोकिएको छैन ।
उनले ओबामा र हिलारी क्लिन्टन लाई देशमा सुरक्षा दिन नसकेको र दिन दहाडै निर्दोष मानिस मारिएका भनि मूल मुद्धा बनाएका थिए तर उनको पालामा सुन्य भएन झन् बिकराल हुदैछ । ट्रंपले उम्मेदवार हुँदा दोषारोपण गरे तर हाल उनलाई यस्ता बन्दुकधारीले अन्धाधुन्ध गोलि चलाउदा निर्दोष मानिस तथा बालबालिका को अकालमा ज्यान गएको छ ।
यस्ता आरोप कसैलाई पनि नलागोस । नेतृत्व गर्नेहरु यस्ता कुरा बाट टाडा रहुन । सन् २०१२ मा रिपब्लिकनका एक जना अस्वेत उम्मेदवार लाई यौन उत्पीडन गरेको भनि ४/५ जना महिलाले आरोप लगाए पछि मैदान छोडेका थिए किनभने उनि अस्वेत थिए । यद्धपि उनि स्वेत भएका भए मैदान छोड्ने थिएनन् ।
No comments:
Post a Comment