Saturday, March 10, 2018

English मुख पृष्ठ ऋषि धमला नम्बर वान पत्रकार हो, अब नमूना नेपाल निर्माण गर्न मलाई सहयोग गर्नुपर्यो : धुर्मुस ऋषि धमला नम्बर वान पत्रकार हो, अब नमूना नेपाल निर्माण गर्न मलाई सहयोग गर्नुपर्यो : धुर्मुस

काठमाडौं, २६ फागुन । चर्चित हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले पत्रकार ऋषि धमला नेपालको नम्बर एक पत्रकार भएको बताउँदै अब विकास निर्माणको महाअभियानमा सरिक हुन आग्रह गरेका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहसमा’ पत्रकार धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ऋषिजी तपाईले राजनीतिक स्थायित्व हुनुपर्छ भन्दै यसको लागि धेरै योगदान पुर्याउनुभएको छ, तपाई नेपालको नम्बर वान पत्रकार हो, यसमा कुनै द्धिविधा छैन, अब तपाई विकास निर्माणको काममा सहभागी हुनुपर्यो।’

धुर्मुशले आफूले निर्माण गर्न लागेको बहुप्रतिक्षित ‘नमूना नेपाल निर्माण’ मा साथ दिनको लागि पत्रकार धमलासँग आग्रह गरे । उनले भने,‘ऋषिजी तपाईले मलाई यो अभियानमा साथ दिनुपर्छ, हामीले हातेमालो गर्नुपर्छ, अब तपाई पनि विकास निर्माणमा सहभागी हुनुपर्छ, पत्रकारितामा ऋषि धमला नम्बर १ भएजस्तै विकास निर्माणको अभियानमा पनि तपाईले ठूलो भूमिका खेल्नुपर्छ।’

उनले करिब ५ अर्ब नेपाली लागतमा निर्माण गरिने नमूना नेपालको लागि उक्त अयिभानमा सरिक हुन धमलालाई आग्रह गर्दै भने,‘आउनुहोस्, अभियान सुरु गरौं, ५ अर्ब उठाउन यहाँले मलाई सहयोग गर्नुपर्छ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...