Saturday, March 10, 2018

कर्म अनुसारको फल, पोखरामा रबि लामिछानेलाई रथाआरोहण गराई नागरिक अभिनन्दन सहित यसरी शहर परिक्रमा गराइयो(भिडियो सहित)

चर्चित टेलिभिजन कार्यकम “सिधा कुरा जनतासंग” का संचारकर्मी  रवि लामिछाने सहित विभिन्न क्षेत्रका १०० जना व्यक्तिलाई शनिवार पोखरामा सम्मान गरिएको छ ।  नेपालको विभिन्न क्षेत्रमा विशेष योगदान गरेका एक सय
जना व्यक्तिलाई नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिएको हो ।  
 
लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरी सय जनालाई सम्मान गरिएको हो । 
कार्यक्रम आयोजक संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका अनुसार व्यक्तिगत हितभन्दा माथि 
उठेर देश र समाजको लागि योगदान गरेका आधारमा सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रदेश नं ४ का प्रमूख बाबुराम कुवर, मूख्य मन्त्री पृथ्वी सुब्बा र पोखरा लेखनाथ महानगर पालिकाका प्रमूख मानबहादुर जिसीले सम्मान गरेका थिए ।
 
सम्मानित हुनेमा सिधाकुरा जनतासँगका संचालक रवि लामिछाने सहित, मह जोडी, धुर्मुस सुन्तली, डा. भगवान कोइराला, राजेश हमाल, केदारभक्त माथेमा लगायत रहेका छन् । 
 
कार्यकम स्थल सभागृहमा प्रवेश गर्नेकै लागि रबि लामिछानेलाई हम्मेहम्मेनै पर्यो किनकी उनलाई देखने धेरैले  उनिसंग तस्बिर खीचाउनको घेरेरै राखेका थिए.जब उनलाईको रथारोहण 
निस्कियो बाटोमा मानिसहरुले फुल गुच्छाले सम्मान गरेका थिए.उनलाई घरको माथि बसेकाहरुले समेत फुल गुच्छाले अभिनन्दन गरेका थिए.चोक चोकमा उनलाई देख्ने बितिकै रबि सर हाई हाई भन्दै अभिनन्दन गरेका थिए . हेर्नुहोस भिडियोमा यसरी सम्मान गरीएको थियो रबि लामिछानेलाई

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...