Saturday, March 10, 2018

“जन्म” ,ईश्वरी गौतम ,बिराटनगर

पानीकाे फाेका हाे
मानव जीवन
थाहा नपाइ फुटिदिन्छ
जीवन फुलैफुलकाे
एक गुच्छा हाे
एकै छिनमा
अाेइलाइ दिन्छ ।

याे जन्म एक सपना हाे
बिपनामा हराउछ
याे एक अनाैठाे मिलन हाे
थाहै नपाइ त्यसै टुट्छ ।

जन्म एक घाम हाे
उदाउदाे बिहानीमा
शितकाे माेती बनेर टल्कन्छ
सन्ध्यामा क्षितिजकाे सुन जस्तै
बिलाएर हराइदिन्छ ।

रहस्यकाे चक्रब्यूह
ताेड्नै सकिएन
एक पटककाे मानव जन्म
चिन्न नै सकिएन ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...