Wednesday, March 21, 2018

पठाएको ठाउँमा नगए कारबाहीः मन्त्री पण्डित

पथरी, मोरङ, ७ चैत : संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले पठाएको ठाउँमा नगए कारबाही हुने बताउनुभएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिकामा आज भएको वाम गठबन्धनका कार्यकर्तासँगको भेटमा मन्त्री पण्डितले सरकारले तोकेको ठाउँमा नगए कर्मचारीमाथि कारबाही हुने बताउनुभएको हो । उाँले भन्नुभयो, “सरकारी तलब खाएपछि जहाँ पठायो त्यहीँ, जानुपर्छ नत्र कारबाहीको भागिदार बन्नुपर्छ ।”

संक्रमणकालीन अवस्थामा तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको उहाँको धारणा थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...