Wednesday, March 21, 2018

प्रदेश विकासको सम्भावनाको खोजी गरिने : मन्त्री चौधरी

नेपालगञ्ज, ७ चैत : प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश विकासको सम्भावना खोजी गर्ने गृहकार्यमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन राप्ती, भेरी र कर्णाली क्षेत्रीय समितिले आज यहाँ जलविद्युत् विकासको स्थिति, सम्भावना, समस्या र समाधानका उपायका विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले विद्युत् आपूर्ति सहज बनाउन प्रदेश सरकारले छिट्टै आवश्यक नीति निर्माण गर्नेछ भन्नुभयो ।

मन्त्री चौधरीले प्रदेश सरकारले सहज विद्युत् आपूर्तिका लागि ठोस योजना सञ्चालनका हेतु आवश्यक गृहकार्य पनि शुरु गरेको छ भन्नुभयो । अन्तक्र्रियामा प्रदेश ५ का बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम रोल्पा र प्यूठान जिल्लाका नेपाल विद्युत् प्राधिकरण कार्यालयका प्रमुखको सहभागिता थियो ।

अन्तक्र्रियामा सहभागी कार्यालय प्रमुखले आआप्mनो जिल्लाको विद्युत् आपूर्तिको वस्तुगत अवस्थाका विषयमा मन्त्री चौधरीलाई जानकारीसमेत गराउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...