Wednesday, March 21, 2018

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

रुकुम, ७ चैत :पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंंको जिप केहीबेरअघि बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदैछ । अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन । घटनास्थलमा अहिले उद्धार कार्य जारी छ ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो । पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...