Wednesday, March 21, 2018

भ्रष्टाचारीलाई कारबाही हुन्छ : राज्यमन्त्री अर्याल

वालिङ, स्याङ्जा, ७ चैत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही गर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति स्याङ्जाले आज यहाँ गरेको सम्मान कार्यक्रममा राज्यमन्त्री अर्यालले भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुक नबन्ने ठहर गर्दै यसको अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

“वाम गठबन्धनको सरकार निर्माण भएसँगै मुलुकले स्थायी सरकार पाएको छ” राज्यमन्त्री अर्यालले भन्नुभयो “राजनीतिक अस्थिरताको अन्त्यसँगै अबको पाँच वर्षमा जनताले महशुस गर्नेगरी परिणाम देखाउँछौं ।”

जिल्ला समन्वय समितिले राज्यमन्त्री अर्याल, प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनी र अमृता थापा, राष्ट्रियसभा सदस्य खिमकुमार विक, प्रदेशसभा सदस्य दीपक चर्ती मगर, मिनप्रसाद गुरुङ, मोहन रेग्मी, भगवतप्रकाश मल्ल, मेखलाल श्रेष्ठलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...