काठमाडौँ, ७ चैत । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको सचिवालयको कर्मचारी संख्यामा भारी कटौती गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद्को नियमित बैठकले मितव्ययिता कायम गर्न प्रधानमन्त्रीको सचिवालयका कर्मचारी करिब आधा कटौती गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको टिममा विज्ञ, सल्लाहकारसहित ४७ जना हुने गरेकामा अब २७ – २८ जना मात्रै हुनेछन् ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकूल बाँस्कोटाका अनुसार, प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ। राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालय मातहत पाँच वटा समिति राख्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीलाई सुझाव दिन र बिभिन्न मन्त्रालयसँग सहजीकरण गर्नका लागि सामाजिक, राजनीतिक, आर्थिक तथा पूर्वाधार, प्रशासकीय र विधेयक समिति हुनेछन् ।
आगामी बैठकमा प्रशासनिक विषयमा निर्णय लिइने राज्यमन्त्री बास्कोटाले जानकारी दिए ।
No comments:
Post a Comment