
बिजय थापा , गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको एनआरएन एनसीसी युएसए खेलकुद समितिका संयोजक पदमा डिसी क्षेत्रका चन्द्र लामा नियुक्ति भए पछि लामाले हालसालै एक शसक्त सल्लाहकार तथा सदस्य समितिको बिस्तार गरेका छन् ।
संयोजक लामाले अमेरिकामा छाता संगठनको रुपमा बिश्व कै सर्वाधिक सदस्यहरु भएको एनआरएन अमेरिकालाई नमुना बनाउने तथा अमेरिकामा खेलकुदलाई प्रभावकारी बनाउन नेपालका प्रख्यात ,अन्तरराष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाएका र खेलकुदको विकासमा अतुलनीय योगदान गर्ने घगडान ,अनुभवी खेलाडी ,प्रशिक्षक र निर्णायक आदिलाई एनआरएन अमेरिकाको खेलकुद समितिमा सल्लाहकार तथा सदस्यमा नियुक्त गरेका छन् ।
डिसी क्षेत्रमा करिव डेढ दशक देखि बस्दै आएका (उशु )कुङ्गफु सम्बन्धित खेलमा संलग्न लामा पूर्व ओलम्पिक कमिटिका सदस्य ,पूर्व सहायक -मुख्य प्रशिक्षक ,राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी तथा निर्णायक तथा नेपाल उशु संघका पूर्व उपाध्यक्ष समेत रहेका लामाले एनआरएन अमेरिकाको अन्य सामुदायिक क्षेत्रमा योगदान गर झैँ खेलकुदमा ठुलो फड्को हान्न सक्ने बताए ।
संयोजक लामाले यस्ता सल्लाहकार तथा देश कै प्रतिनिधित्व गर्ने र बिश्वलाई चिनाउने व्यक्तित्वहरुलाई समेट्न सक्नु हाम्री लागि अहोभाग्य भएको बताए । एनआरएन एनसीसी युएसए खेलकुद समिति सल्लाहकारहरुमा नेपालमा शिटो-रीयो -कराते स्थापना गर्ने संस्थापक थानेश्वर राईलाई नियुक्ति गरिएको छ । राईलाई नेपालमा शिटो रीयो करातेका भिष्म पितामह पनि भनिन्छ ।
यसैगरि पूर्व ओलम्पिक कमिटिका सदस्य तथा भलिवलका राष्ट्रिय तथा अन्तर राष्ट्रिय खेलाडीको साथै भलिवल राष्ट्रिय टोलीका कप्तान सुनिल चौधरीलाई पनि सल्लाहकारमा मनोनित गरिएको छ ।यस्तै गरि अर्का ओलम्पिक ते-क्वान्दोमा कास्य पदक बिजेता बिधान लामा हुन् । उनि एक मात्र यस्ता खेलाडी हुन् जसले ओलम्पिकमा नेपाललाई पदक दिलाएका थिए ।
यसै गरि ओलम्पिक खेलाडी तथा एनआरएन आईसीसी संयोजक नारायण गुरुङ तथा ते-क्वान्दो खेलाडी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा एनआरएन युएसएका खेलकुद संयोजक मन मोहन वाइवा पनि सल्लाहकारमा नियुक्त भएका छन् ।
यसै गरि सल्लाहकारमा एसियन बक्सिङ्ग(मुडकी ) खेलमा पदकधारी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी मनोज श्रेष्ठ ,दक्षिण एसियाली फुटबल (भकुण्डो )खेलकुदमा २ पटक पदक बिजेता तथा राष्ट्रिय तथा अन्तर राष्ट्रिय प्रशिक्षक उमेश प्रधान पनि छनौट भएका छन् ।
यसै गरि एथलेटिक खेलका वरिष्ठ प्रशिक्षक नर बहादुर दाहाल ,ते-क्वान्दोका पूर्व मुख्य प्रशिक्षक तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सन्तोष प्रधान ,नेपाल कराते संघका पूर्व महा सचिव तथा वरिष्ट प्रशिक्षक शिटो रीयो करातेका आनन्दु लामा ,ह्यान्डबल (हाते भकुण्डो ) का वरिष्ठ प्रकाश ठकुरी तथा तेक्वान्दो कै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी तथा एनआरएन मिचिगन शाखाका अध्यक्ष बिपिन श्रेष्ठलाई सल्लाहकार समितिमा मनोनित गरिएको छ ।
यसै गरि सदस्यहरुमा नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरमा नेपालको ध्वजा फर्फराएका खेलाडीहरुलाई नियुक्ति गरिएको छ ।
सदस्यहरुमा ओलम्पिक ,साफ खेलकुद पदकधारी ,एथलेटिक्सका देवी पनेरु ,उशुका राष्ट्रिय प्रशिक्षक आशु राज श्रेष्ठ ,यसै गरि साफ उशु खेलमा पदकधारी ल्याउन सफल तथा अमेरिकाको भर्जिनियाको सेन्टरभिलामा अमेरिकामा जन्मेका बालबालिकाको लागी नेपाली भाषा पढाउने र सिकाउनको लागि स्थापना गरिएको नेपाली पाठशाला कि संस्थापक तथा समाजसेवी विना खडका लामा तथा साफ खेलकुदको बन्दुक चलाउने खेलका पदकधारी निलम खड्का लाई मनोनित गरिएको छ ।
यसै गरि अन्य सदस्यहरुमा साफ खेलकुदमा भकुण्डो तर्फमा पदकधारी बसन्त थापा ,तेक्वान्दो खेलमा साफ खेलकुदका पदकधारी कमल छेत्री ,साफ खेलकुदको कराते खेलका पदकधारी मकेन्द्र सिंह ,टेवल टेनिसको साफ खेलकुदका पदकधारी सन्दिप महत ,उशुका राष्ट्रिय प्रशिक्षक तथा खेलाडी छेमांग तामांग ,भलिवलका राष्ट्रिय खेलाडी गंगा बस्नेत , जुडोका राष्ट्रिय खेलाडी बिनोद सैंजु ,जुडो कै राष्ट्रिय खेलाडी राजेश कर्माचार्य मनोनित भएका छन् ।
यसै गरि थप सदस्यहरुमा ब्याडमिन्टन (प्वाखे मुङ्ग्रो ) का राष्ट्रिय खेलाडी बलराम थापा ,सफ्ट टेनिसका राष्ट्रिय खेलाडी किरण खड्का , भकुण्डोका एनएसीसी का विश्व सुबेदी तथा मिचिगन भकुण्डो खेलकुदका निरज कार्की नियुक्त भएका छन् ।
No comments:
Post a Comment