Wednesday, March 28, 2018

मिस सुनार (विश्वकर्मा)को आवेदन खुल्ला

पोखरा १४ चैत्र – भिजुअल जोन प्रालिको आयोजनामा पोखरामा ‘मिस सुनार (विश्वकर्मा) नेपाल सिजन २’ हुने भएको हो । प्रतियोगिताका लागि मंगलबार बाट फाराम खुलेको आयोजकले बताएको छ । उक्त फारम बैशाख २५ गतेसम्मको लागि खुला रहनेछ ।
‘प्रतियोगितामा सुनार समुदायका युवतीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।’ भिजुअल जोनका प्रबन्ध निर्देशक सन्जु सुनारले भने–‘समुदायको कला र मान्यतालाई राष्ट्रिय स्तरमा उठाई समाजमा सद्भावना कायम गर्नका लागि हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’ प्रतियोगितामा देशभरिका १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित सुनार युवतीहरुले मात्र सहभागिता जनाउने पाउने उनले बताए ।
प्रतियोगिताका ईभेन्ट को–अर्डिनेटर प्रतिक सुनारले भने–‘हामीले नितान्त सामाजिक भावनासहित कार्यक्रम गर्न लागेका हौँ ।’
बैशाख अन्तिम देखी करिब १ महिनाको तालिम शुरु हुनेछ जसमा बोल्ने कला, नेतृत्व तथा क्षमता बिकास तालिम्, फोटोशुट्, भ्रमण्, ट्यालेन्ड सो लगाएत बिभिन्न कार्यक्रम हुनेछन् । विभिन्न चरणगरि ३० जना प्रतियोगी ग्राण्ड फिनालेमा सहभागी हुनेछन् र ग्रान्ड फिनाले जेठको अन्तिम साता पोखरा मै हुने आयोजकले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...