Sunday, March 25, 2018

‘दोहोरी ब्याटल’ भन्दा छाडा गीतलाई किन सेन्सर लगाईएन ? पार्ट टु’को तयारीमा प्रकाश र प्रिती [भिडियो सहित]

पिएनपिखबर। प्रिती आले र प्रकाश सपुतले बजारमा ल्याएका “लै बालाई फरर” बोलको दोहोरि ब्याटल नेपाली संगीत क्षेत्रमा बिल्कुलै नँया प्रस्तुति हो । जसलाई अहिलेको समयमा सबैले रुचाइ रहेको बेलामा अचानक युटुबबाट हटाइएको थियो तर केहि समय पश्चात अन्तिमको अंश काटेर फेरी युटुबमा राखिएको छ।

प्रिती आले र प्रकाश सपुतले बजारमा ल्याएका ‘लै बालाई फरर’ बोलको दोहोरि ब्याटल नेपाली संगीत क्षेत्रमा बिल्कुलै नँया गित भएकोले पनि होला दर्शक साथै दोहोरी गायन क्षेत्रकै कलाकारबाट यो गितको आलोचना भयो । आलोचकलाई पछाडी पार्दै छोटो समयमा नै धेरैले यस गीतलाई मन पराइदिनेको भिड पनि उत्तिकै छ।

“लै बालाई फरर” बोलको दोहोरि ब्याटल युटुबको ट्रेडिङ्ग नम्बर दुईसम्म आएको थियो तर अचानक युटुबबाट हटाइयो । पुन: युटुबमा उक्त गित राखिएता पनि युटुब च्यानल ‘पिएनपिखबर’ सँगको कुराकानीमा यसरि प्रिती र सपुतले युटुबबाट गीत हटाउनुको मुख्य कारण अरु केहि नभएर गीतमा अन्त्यमा सानो झगडा परेको दृश्य हो र त्यसमा झगडाको क्रममा मुखको हाउभाउमाले गर्दा अनुशासनको कुराले गर्दा हटाउनु पर्यो भन्दै गुनासो पोखे।

लै बालाई फरर” बोलको दोहोरि ब्याटल पश्चात अब उनीहरु ‘दोहोरि ब्याटल पार्ट टु’को तयारी गर्दै छन्।

हेर्नुहोस् प्रकाश सपुत र प्रिती आलेसँग गरिएको रमाइलो कुराकानी :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...